surkhet

ट्रकमा पच्चीस करोड चीन तर्फ लान लागेका फुच्चे प,क्राउ

surkhet

काठमान्डौ –  प्रहरीले २५ करोड रुपैयाँभन्दा धेरै रकमसहित एक  जनालाई पक्राउ गरेको छ ।

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका–१ झोर क्षेत्रबाट रकमसहित गएराति एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिलाई आज सार्वजनिक गरिएको कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेतले जानकारी दिए।

Dailekh
Gorkha

उनका अनुसार चीनतर्फ तस्करी हुँदै गरेको विदेशी मुद्रासहित सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर १ बस्ने ४३ वर्षका फुच्चे भन्ने कुसाङ लामा पक्राउ परेका हुन् ।

ना १ ख १६५२ नम्बरको ट्रकबाट नेपाली रुपैयाँ, अमेरिकी डलर, युरोलगायत विभिन्न देशका मुद्रा बरामद गरिएको एसएसपी बस्नेतले बताए ।

बरामद गरिएको विदेशी मुद्रा नेपाली रुपैयाँमा ल्याउँदा २५ करोड रुपैयाँभन्दा धेरै हुने प्रहरीले जनाएको छ । चैत ५

salyan