एक ट्रक पैसा प्याकिङ यसरी गरिएको रहेछ
काठमान्डौ – प्रहरीले २५ करोड रुपैयाँभन्दा धेरै रकमसहित एक जनालाई पक्राउ गरेको छ । कस्को होला यति धेरै पैसा भन्नेमा सबै रन भुल छन।
काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका–१ झोर क्षेत्रबाट रकमसहित गएराति एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिलाई आज सार्वजनिक गरिएको कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेतले जानकारी दिए।
उनका अनुसार चीनतर्फ तस्करी हुँदै गरेको विदेशी मुद्रासहित सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर १ बस्ने ४३ वर्षका फुच्चे भन्ने कुसाङ लामा पक्राउ परेका हुन् ।
ना १ ख १६५२ नम्बरको ट्रकबाट नेपाली रुपैयाँ, अमेरिकी डलर, युरोलगायत विभिन्न देशका मुद्रा बरामद गरिएको एसएसपी बस्नेतले बताए ।
बरामद गरिएको विदेशी मुद्रा नेपाली रुपैयाँमा ल्याउँदा २५ करोड रुपैयाँभन्दा धेरै हुने प्रहरीले जनाएको छ । चैत ५