Gold

श्रीमती मार्न सुपारी दिएका थिए तर श्रीमानलाई नै मारदिए

बैशाख २२

Naumule Migrate

काठमान्डौ – धादिङको गजुरी गाउँपालिका–२ मा ६० वर्षीय चुडामणि कँडेलको हत्या भएको घटना पछाडि अचम्मको रहस्य खुलेको छ।

चुडामणिले आफ्नै श्रीमती सुस्मिता सिलवाललाई मार्न ४ लाख रुपैयाँ सुपारी दिएका थिए।

उनले आफ्नै खेतमा काम गर्ने मजदुर अक्कल बहादुर प्रजामार्फत हत्या योजना बनाएका थिए, ।जसमा पृथलाल थिङ र सञ्चलाल तामाङलाई पनि सामेल गरिएको थियो।

तर, श्रीमतीको हत्या गर्न नसकेपछि चुडामणिले पैसा फिर्ता माग्न थाले। पैसा सकिएको भन्दै फिर्ता गर्न नसक्ने भएपछि ती तीनजनाले योजना बदल्दै  गत चैत २४ राति चुडामणिलाई घरमै कोदालोको बीँडले हानी र डोरीले घाँटी कसी हत्या गरेका थिए ।

शव शौचालयमा क्षतविक्षत अवस्थामा फेला परेको थियो। सुरुमा श्रीमती सुस्मितामाथि शंका गरिए पनि अनुसन्धानले उनी निर्दोष भएको देखाएको छ।

सुस्मिताले हत्यामा संलग्न विरुद्ध जाहेरी दिएकी छन्। प्रहरीले ४ लाखमध्ये १ लाख रुपैयाँ अक्कलबहादुरको कोठाबाट बरामद गरेको छ। प्रहरीले तीन जनालाई नै पक्राउ गरिसकेको छ।

Naumule Badhipahiro