चितवन नजिक तुईनखोला सडकमा कोईला बोकेको ट्रक पल्टियो
बैशाख २८

काठमान्डौ – मुग्लिङ-नारायणगढ सडक खण्डकाे ३ नम्बर पुल नजिकै चितवनको तुईनखोलामा काेइला बाेकेकेा ट्रक सडकमा पल्टियको छ।

सडकमा ट्रक पल्टीएपछि यातायात अवरुद्ध भएको छ।क्रेनको सहायतामा पल्टिएको ट्रक हटाउने काम चलिरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतिक सिंहले बताए ।
आज बिहान कोइला लोड गरेको ट्रक आफैं अनियन्त्रित भई पल्टिँदा दुबैतर्फ बाटो अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ । दुर्घटनामा कुनै मानवीय क्षती नभएको पनि प्रहरीले जनाएको छ।
