प्रभासलाई राखेर बनाउदै छन् आमिर खान बलिउडकै महँगो फ्लिम ,,महाभारत ,,

भदौ १३ , मुम्बई – बलिउड अभिनेता आमिर खानले बलिउडमा अहिले सम्मकै महँगो फ्लिम महाभारतको तयारीमा जुटेका छन् । महाभारत फ्लिम रिलाइन्स कम्पनीका मालिक मुकेश अम्बानी र अमिरको लगानी हुने छ । ३ भागमा बन्ने फिल्मका लागि मुकेशले १ हजार करोड भारु लगानी गर्ने तय भएको छ ।

यस विषयमा दुई पक्षबीच हालै सम्झौता भएको बुझिएको छ । सम्झौताअनुसार आमिरले मुनाफाको ७० प्रतिशत लिने छन् । सम्झौता लगतै आमिर कलाकारहरुको चयनमा जुटेका छन् ।जसमा उनले चर्चित साउथ अभिनेता प्रभासलाई महाभारतको लागि चयन गरेका छन् । प्रभासका थुप्रै चर्चित फ्लिम छन् ।तर उनको सबै भन्दा बढी चलेको फ्लिम बाहुबली बाट दर्शक झन् प्रभावित छन् ।प्रभास अहिले साहो फ्लिमको सुटिङ्मा ब्यस्त छन्।