Gold
Bangad salyan

नोरा फतेहीको डान्समा झुमे बौद्धमा दर्शक

जेठ् ४

Salyan

काठमान्डौ – भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेहीले नेपाली कलाकारहरूसँगै बौद्धमा धुम मच्चाएर प्रस्तुति  दिएकी छन् ।

नोरासँगै नेपाली कलाकारहरू दुर्गेश थापा, तेरिया फौजामगर, समर्पण लामा, प्राेसेस पाण्डे लगायतको प्रस्तुतिले हायात ग्राउन्ड रौनकमय बनाएको हो।

नोराले आफ्नो टोलीसँगै आफुले डान्स गरेका गीतमा टिमलाई पनि नचाएकि थिइन।

शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना भएको ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रममा उनले विभिन्न बलिउड गीतमा कम्मर मर्काएर नाचेकी हुन् ।

उनी युएईबाट हिजाे नेपाल आएकी हुन् । उनको नृत्य टोलीमा रहेका अन्य २३ सदस्य अस्ति नै नेपाल आइसकेका थिए ।

कार्यक्रममा नोराले १ घण्टा आफ्ना बिभिन्न चर्चित गीतहरुमा नृत्य गरिन् । उनले बिच बिचमा बोल्दै रमाइलो बनाएकी थिइन् ।

साथै नेपालीमा पनि बोल्ने कोशिस गरेकी थिइन् । उनले स्टेजमा डान्सर सुशान्त खत्रीलाई पनि बोलाइन् र सुशान्तले पनि केहिबेर डान्स गरेका थिए ।  नोरा आजै बिहान नेपालबाट फर्किने छिन् ।