Gold
Bangad salyan

स्वीस बैंकमा नेपालीले राखेको अर्बौँ रुपैयाँबारे खोजतलास गर्न सरकारलाई आग्रह ,,

Salyan

असोज ४ ,काठमाडौं – राष्ट्रियसभाका सांसदहरुले स्वीजरल्याण्डस्थित स्वीस बैंकमा नेपालीले राखेको अर्बौँ रुपैयाँबारे छानबिन गर्न सरकारसँग माग गरेका छन् । राष्ट्रियसभाका सांसद खिमकुमार विश्वकर्माले स्वीस बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनमा ३२२ दशमलव ८८ स्विस फ्रैङ्क नेपाली नागरिकले राखेको उल्लेख गरिएको भन्दै तत्काल छानवीन गर्न शक्तिशाली आयोग गठन गर्न सरकारसँग माग गरेका हुन् ।
राष्ट्रियसभाको बिहिबार बसेको बैठकमा शून्य समयमा बोल्दै उनले अर्बौँको सो कालो धन छानबिन गरी राष्ट्रियकरण गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । स्वीजरल्याण्डस्थित स्वीस बैंकमा अर्बौ रुपैयाँ छ तर त्यो कसको हो भन्ने कसैलाई थाहा छैन ।