surkhet

धनुषामा १० वर्षीया बालिकाको बलात्कारपछि हत्या २ जना पक्राउ ,,

surkhet

असोज २७ ,जनकपुरधाम – बलात्कारका घटना दिनहु बढ्दै गएका छन् ।सरकारले कुनै चासो दिएको देखिदैन ।धनुषाको औरही गाउँपालिका,१ मा १० वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ ।अनुषाको औरही गाउँपालिका २ परवाहा निवासी राम अशिष यादवकी १० वर्षीया छोरी मनिता यादवको बलात्कार पछि हत्या भएको हो। शुक्रबार राति ९ बजे घरमा खाना खाएपछि घर नजिकै रहेको दुर्गा मन्दिरमा मेला हेर्न गएकी मनिता रातभर घर नफर्केपछि खोजतलाश सुरु भएको थियो। प्रहरी तथा परिवारका सदस्य मिलेर खोज्दै जाँदा मृतकको घरबाट एक किलोमिटर पश्चिममा रहेको राम अशिष साहको धान खेतमा मृत अवस्थामा फेला परेको धनुषाका प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाहीले जानकारी दिए।

Gorkha

हत्यामा संलग्न दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा औरही ५ परवाह मुखिया टोलका ३२ वर्षका विनोद मुखिया र औरही ३ परवाह का ३० वर्षका नथुनी पण्डित रहेका छन् विनोद मुखीयाले बालिकालाई पैसा दिएर फकाएको सूचना आयोको थियो अनुसन्धान गर्दै जाँदा उनलाई प्रहरीले खोजतलास गर्यो सूचना पाएपछि मुखीया भागेका थिए। घटना सार्वजनिक भएपछि भाग्ने तरखरमा जनकपुरको भ्रमरपुरा चौकबाट पक्राउ परेका हुन्।उनको बयानका औरही ३ परवाह का ३० वर्षका नथुनी पण्डित पनि पक्राउ परेका छन् । दुबैले अभियोग स्वीकार गरेको र घटनाको अनुसन्धान भइरहेको डीएसपी दिपेन्द्र शाहीले जानकारी दिए ।

salyan