surkhet

२६ प्रहरीमाथि अनुसन्धान जारी निर्मला बलात्कार हत्याप्रकरण ,,

surkhet

असोज२७ , कञ्चनपुर – कञ्चनपुरकि १३ वर्षीया बालिका निर्मला पन्त हत्यारा प्रकरणमा अनुसन्धानमा खटिएको तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी अधिकृत र कर्मचारीमाथि छानबिन समितिले सुक्ष्म अध्ययन गरिरहेको छ । भीमदत्त नगरपालिका,२ खोल्टीका निर्मला पन्त गत साउन १० गते साथीको घरबाट फर्किदै गर्दा बलात्कारपछि हत्या गरिएको थियो ।उनको साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो।

गत भदौ ३१ गते सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यातको संयोजकत्वमा गठन गरेको छानबिन समितिले निर्मला हत्या प्रकरणको अनुसन्धानमा प्रहरी कर्मचारीको भूमिका र सम्पादन भएका कार्यको सुक्ष्म अध्ययन गरिरहेको छ ।बस्न्यातको टोलीले अनुसन्धानमा खटिएका कञ्चनपुरका २६ जना प्रहरी अधिकारीमाथि छानबिन भइरहेको जनाएको हो ।

Gorkha

अनुसन्धानका क्रममा प्रहरीबाट भएको कमजोरी र भूमिका शङ्कास्पद देखिए हामी कडाभन्दा कडा कारबाही गछौं। शनिबार बिहान कञ्चनपुरका सञ्चारकर्मीसँग घटनाबारे छलफल गर्दै छानबिन समितिका संयोजक बस्न्यातले भने, ‘छानबिन टोली दिनरात नभनेर अनुसन्धानमा खटिएको छ। यसअघि घटनाका अभियुक्त बनाइएका दिलीपसिंह विष्टका परिवारसँग समेत छानबिन समितिले भेट गरेको छ।

Dailekh

त्यसैगरी, शनिबार बिहान टोलीले घटनाकै विषयमा महिला तथा मानव अधिकारकर्मीसँग छलफल गरेको छ। छानबिन समितिसँगको छलफलमा तत्कालीन अवस्थामा अनुसन्धानमा खटिएका प्रहरीले गम्भीर लापरवाही गरेको र घटना लुकाउन भूमिका खेलेको भन्दै कारवाहीको माग समेत यहाँ गरिएको छ। संयोजक बस्न्यातले घटनासँग सम्बन्धित सूचना दिन सबैपक्षसँग आग्रहसमेत गरेका छन् ।

salyan