भारतमा शक्तिशाली आँधीका कारण ३३ जनाको मृत्यु ,,

मंसिर २ ,भारत – भारतको पूर्वी क्षेत्रमा शक्ति शालि आँधी आयको छ ।जसबाट ३३ जनाको मृत्यु भएको छ। प्रकोप व्यवस्थापनसम्बन्धी निकायका उच्च अधिकारीहरूले बताय अनुसार शक्तिशाली आँधीका कारण धेरै क्षति भएको जानकारी दिएका छन् अझै एकिन विवरण आउन समय लागने उनीहरुको भनाई छ ।

‘साइक्लोन गाजा’ नाम दिइएको उक्त आँधी प्रतिघण्टा १२० किलोमिटरको गतिमा आएको बताइएको छ। आँधी तमिलनाडु राज्यमा शुक्रबार आएको हो। आँधीले हजारौँ रूख भाँचिएका छन् भने ठूलो संख्यामा घरहरू भत्किएका छन्।
आँधीले हजारौँ व्यक्ति घरबारविहीन भएका छन्। प्रभावित स्थानीय बासिन्दालाई शिविरहरूमा राखिएको छ। मृत्यु भएकामध्ये २० जना पुरुष र ११ जना महिला छन्। त्यसैगरी दुईजना बालबालिकाको पनि आँधीमा परेर मृत्यु भएको अधिकारीले बताएका छन्।

‘घरबारविहीन भएकाहरूको संख्या १ लाख ७७ हजार ५ सय पुगेको छ। उनीहरूलाई ३५१ वटा शिविरमा राखिएको छ’, एक अधिकारीले पत्रकारहरूसँग भने। उनीहरूलाई पानी, दूध र खानेकुरा वितरण गरिरहेको राज्य सरकारले जनाएको छ। तमिलनाडु प्रदेशका मुख्यमन्त्री इडाप्पाडी पलानीस्वामीले पीडित प्रत्येक परिवारलाई १४ हजार डलरका दरले क्षतिपूर्ति दिने घोषणा गरेका छन्।

अधिकांशको मृत्यु बाढीले बगाएर, घरहरूले च्यापेर र विद्युतीय गडबडीका कारण भएको छ। आँधीका कारण सयभन्दा बढी पशुचौपायाको मृत्यु भएको जनाइएको छ। आँधीका कारण १ लाख २७ हजारभन्दा बढी रूख लडेका छन्।नागपट्टिनम, तन्जावुर, तिरुवरुर, कुड्डालोर, पुदुक्कोट्टई र रामनाथपुरम जिल्ला अत्यधिक प्रभावित भएका छन्।

राज्यभर ३० हजारभन्दा बढी विद्युत्का पोल भाँचिएका छन्। यसको मर्मत गर्न १० हजार कर्मचारी खटाइएको छ। घाइते हरुको उपचार भईरहेको र धेरैको आस्था गम्भीर रहेको भारतीय समाचार हरुले उल्लेख गरेका छन्