बस दुर्घटनामा मृतकको संख्या २३ पुग्यो अझै बढ्न सक्ने ,,

पुस ६ , काठमान्डौ – दाङ-सल्यान सडकखण्ड अन्तर्गत भएको बस दुर्घटनामा मृतकको संख्या २३ पुगेको छ ,भने घाईतेको संख्या १४ पुगेको छ । ट्राफिक प्रहरी पोस्ट कपुरकोटका इन्चार्ज जगदीश यैर द्वारा जानकारी अनुसार २२ जनाको घटनास्थल र १ जनाको अस्पतालमा मृतु भएको हो ।

घाइतेलाई उपचारको लागि नेपालगन्ज लागिएको छ । बस राम्रीको बाटोबाट ५ सय मिटर तल खोल्सामा खसेको छ।नेपाली सेना प्रहरी र स्थानिएको संयुक्त टोलि उद्दार कार्यमा जारि छ ।

कपुरकोटस्थित मुलपानी वनस्पति उद्यानको अवलोकन भ्रमण गरेर फर्कदै गर्दा शिक्षक तथा विद्यार्थी चढेकोे बस दुर्घटना भएको प्रहरीको भनाइ छ। बसमा ३४ जना विद्यार्थी,२ शिक्षक र एक जना चालक रहेका थिए ।

lekbesi

बा ४ ख ९७६६ नम्बरको सहीद कृष्णसेन इच्छुक प्राविधिक शिक्षालय सल्यानको बस दुर्घटनामा परेको हो। बस पूर्ण रुपमा टुक्रा टुक्रा भई क्षति ग्रस्त भएको छ । सल्यान दाङ्ग खण्डमा भएको दुर्घटना अहिले सम्मकै ठुलो हो ।, मृतक प्रति श्रदान्जाली र घाईते प्रति स्वास्थ्य लाभको कामना ।

रंग दर्पण सम्वाददाता ,
ओम विकल ,