suekhet
bheriad

प्रेममा धोका दिएपछि छुरा प्रहार ,,

lekabesi

पुस ९ , वीरगञ्ज – पर्साको पर्सागढी नगरपालिकामा छुरा प्रहारबाट एक छात्रा गम्भीर घाइते भएकी छन् । पर्सागढी नगरपालिका,१ मनवा बस्ने १८ वर्षीय सकुन्तला चौधरीलाई सोही नगरपालिका,२ को भटनीका १८ वर्षीय जयकिशोर चौधरीले छुरा प्रहार गरेका हुन् ।

विहान विद्यालय जान लागेको समयमा कुरेर बसेका जयकिशोरले सकुन्तलालाई छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । सकुन्तलाको नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको छ । उनी बडनिहारमा रहेको जनता उच्च कक्षा ११ मा अध्ययनरत थिइन् ।

जयकिशोर चक्कुसहित प्रहरीको नियन्त्रणमा छन्। आफु हर कक्षा ८ बाटनै प्रेममा भएको र बिहे समेत रहेको तर सकुन्त्लाले अर्कै संग फोन गर्ने बिहे गर्ने समेत कुरा थाहा पाएपछि आफुले चच्कु प्राहार गरेको प्रहरी बयानमा दिएका छन् ।

नेशनल मेडिकल कलेज इमर्जेन्सि इन्चार्ज डा. ओम प्रकाश कुशवाहाका अनुसार सकुन्तलाको अवस्था अहिले सुधारोन्मुख छ । ‘सिरियस अवस्था थियो । स्टाब इन्जुरी, चक्कुले लेफ्ट लोवर लिपमा प्रहार भएको छ ।

७ सेन्टिमिटर काटेको छ,’ उनले भने, ‘ काडिर्योभास्कुलर, जनरल र अर्थोपेडिक सर्जनले मिलेर शल्यक्रिया गर्नुहुन्छ । आउँदाखेरि ब्लड प्रेसर थिएन, अहिले ठीक छ । आउँदाखेरिको भन्दा निकै सुधार भएको छ ।

छुरा प्रहार गरेका जयकिशोरविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग अन्र्तगत मुद्दा चलाउने तयारी गरेको छ । यता स्थानीयवासीले दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् । आक्रोशित उनीहरुले प्रहरी चौकी मनवाको पर्खालसमेत भत्काइदिएका छन् ।

घटनाको विषयलाई लिएर स्थानीयवासी उग्ररुपमा प्रस्तुत भएपछि प्रहरीसँग झडपसमेत भएको थियो ।