विदेशी नागरिकसंग नेपालि महिला ठगि धन्दामा लिभिङ टुगेदर, ‘पार्सल आयो’ भन्दै १४ लाख ठगी ,प्रहरीको खोरमा ,,

पुस १६ ,काठमाडौं- सामाजिक संजालमा लट्री , चिट्ठा परेको भन्दै ठगने गिरोह नेपालमा निकै नै सक्रिय देखिएको छ ।तर यसको पछि लाग्ने नेपालि पनि बेबकुफ भएको मानिन्छ ।

काम नगरी कसैले विदेश बाट पैसा आउछ कि आउदैन?भन्ने कुरा त्यो सर्वसाधारण लाटो ब्याक्तिले पनि बुझ्ने कुरा हो ।यस्तै नेपालि को पछि विदेशी नागरिक पनि नेपालमा विभिन्न बहानामा ठगि गर्दै आयका छन् ।

, ह्वाट्स एप, भाइबर र इमो मार्फत ‘तपाईँको नाममा पार्सल आएको छ’ भन्दै म्यासेज गरेर लाखौं ठगी गर्ने एक विदेशी सहित दुईजना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरुमा आईभरीकोष्टका ओवात्तारा अल्लाकाग्नी र नेपाली महिला कुसुम कायस्थ रहेका छन् ।

lekbesi

उनीहरुले भारतिय नम्बरबाट भाइबर, इमो तथा ह्वाट्सएप मार्फत अपरिचित व्यक्तिहरुलाई सम्पर्क गर्दै ‘तपाईँको नाममा आएको पार्सल लिनका लागि चार्ज तिर्नुपर्छ’ भन्दै बैंकको खातामा पटक,पटक रकम जम्मा गर्न लगाएर उनीहरुले ठगी गर्ने गरेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरज प्रताप सिंहले जानकारी दिए ।

अपरिचित ब्याक्तिलाई विभिन्न आश्वासन देखाएर पटक,पटक बैंक खातामा रकम जम्मा गर्न लगाएर ८ जना बाट कुसुम र ओवात्ताराले १४ लाख ३४ हजारभन्दा बढी ठगी गरेको खुल्न आएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

आइतबार पेप्सिकोलाबाट पक्राउ परेका कायस्थ र अल्लाकाग्नी बिरुद्ध ठगी मुद्धामा म्याद लिएर थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ । उनीहरु काठमाडौंको पेप्सिकोलामा फ्ल्याट लिएर लिभिङ टुगेदरमा बस्दै आएका थिय ।