फूलमाला र निर्वाचित प्रमाणपत्र सहित रेशम चौधरीलाई सपथका लागि लगियो सिंहदरबार ,

पुस १९ ,काठमाडौ- कैलाली टीकापुर घटनाका आरोपी रेशम चौधरीलाई सपथग्रहणका लागि सदरखोर डिल्लीबजारबाट सिंहदरवार लगिएको छ । उनलाई बिहानै ११ः ३० वजे शपथ गराउने कार्यक्रम थियो तर जेलको कानुनी प्रकृया पुरा नभएको कारण ३ बजेका लागि सारिएको थियो ।
चौधरीलाई कारगारबाट निकाल्दा उनको स्वागतका लागि श्रीमती रन्जिता चौधरी श्रेष्ठ, आफन्तजन र राजपाका कार्यकर्ताहरुले फुलमाला लगाएर स्वागत गरेका थिए । चौधरीले निर्वाचित भएको प्रमाणपत्र समेत पाएका छन् ।

यसअघि उनले संसदको प्रमाणपत्र पाएका थिएनन् । प्रमाणपत्रका लागि उनकी श्रीमती रञ्जिताले बारम्बार आयोगमा दबाब दिँदै आएकी थिइन् । प्रमाणपत्र लिनका लागि उनले अदालतमा मुद्दा समेत दायर गरेका थिए ।

२०७२ भदौ ७ गते कैलालीको टिकापुरमा भएको प्रहरी र आन्दोलनकारीको झडमा एक बालकसहित ८ जनाको हत्या भएको थियो । सो घटनाको मुख्य दोषी रेशम चौधरीलाई देखाएपछि उनी फरार भएका थिए । भारतका विभिन्न ठाउँमा लुकेर बसेका उनले फरारकै अवस्था प्रतिनिधिसभा चुनाव लडेका थिए भने ३४ हजार ३४१ मतका साथ विजय भएका थिए ।
२०७४ फागुन १४ गते अदालतमा हाजिर भएका उनलाई पूर्पक्षका लागि थुनामा राखिएको थियो । थुनामा रहेका उनी त्यही अनसन शुरु गरेका थिए । अनसनमा अस्वस्थ्य भएपछि २०७४ फागुन २३ गते बुद्ध एयरबाट काठमाडौ ल्याइएको थियो ।
