छायांकन नहुँदै रिलिज मिति तोकियो मारुनीको ,,

चलचित्र ‘मारुनी’ले छायांकन संगै रिलिज डेट पनि तोकेको छ । पूनम इन्टरटेन्मेन्टको ब्यानरमा पूनम गौतमले निर्माण गर्न लागेको यो चलचित्रलाई पनि भदौ १३ गते नै रिलिज गर्ने सहमती गरिएको छ ।

काठमाण्डौ बाहिरका लागि एफडी कम्पनीले यो मितिलाई फाइनल गरेको हो । एफडीका प्रमुख नरेन्द्र महर्जनले निर्माताको माग अनुसार नै रिलिज मिति तय गरिएको बताए ।

चलचित्रलाई नवल नेपालको निर्देशगर्ने छन् । पुनम इन्टरटेनमेन्टको ब्यानरमा पुनम गौतमले निर्माण गरिरहेको फिल्मले बुधबार वितरणका लागि एफडी कम्पनीसँग सम्झौता गर्दै प्रदर्शन मिति ‘लक’ गरेको हो ।

lekbesi

चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्पल खड्का र रेबिका गुरुङ मुख्य भूमिकामा छन् । त्रिकोणात्मक प्रेमकथा बन्न लागेको चलचित्रमा गोविन्द फुयाँल र निर्देशक नवल नेपाल को कथा छ ।

संजय लामाको छायांकन रहने चलचित्रलाई माघको अन्तिमबाट खिचिनेछ । चलचित्रको निर्माणमा अजय पोखरेल र राजा प्रधानले पूनमलाई साथ दिएका