सतुंगलमा भीषण आगलागी,

पुस १९ ,काठमाडौं-काठमाडौंको सतुंगलस्थित सिप्रदी ट्रेङिङ अगाडि रहेको एक कपडा तथा कपास गोदाममा भीषण आगलागी भएको छ ।केहीबेर अगाडी शुरु भएको आगलागी नियन्त्रणका लागि काठमाडौं, भक्तपुर र लतिलपुरमा रहेको सबै दमकलहरु प्रयोग गरेर नियन्त्रणको प्रयास जारी राखिएको छ ।

आगलागी नियन्त्रणमा आउन नसकेको र नियन्त्रणमा लिने प्रयास भईरहेको महानगरीय प्रहरी परिसर काठमाडौंको प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले रातोपाटीलाई जानकारी दिए ।
ठूलो संख्यामा प्रहरी परिचालन गरेर बालाजु, मातातिर्थ र किर्तीपुर लगायतका क्षेत्रका पानी ट्यांकर समेत परिचालन गरेर आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको बताईएको छ । आगलागीबाट मानविय क्षती नभएको डिएसपी बोगटीले जानकारी दिए । क्षति विवरण भने आयको छैन ।
