suekhet
bheriad

हजुरआमाको ज्यान मारेर गहना लुट्ने महिलालाई जन्मकैद ,,

lekabesi

पुस २५ ,भोजपुर – हजुरआमा पर्ने बृद्धालाई कुटपिट गरी हत्या गरेको अभियोगमा टेम्के मैयुङ गाउँपालिका,९ लेखर्ककी २६ वर्षीया रिमा भनिने रेमकुमारी राई अदालतले जन्मकैद सजाय सुनाएको छ ।

प्रहरीका अनुसार अभियुक्त रेमकुमारीले छिमेकी ईश्वरमाया राईकै गरगहना चोरेर कुटपिट गर्दै हत्या गरेकी थिइन् । २०६९ साल असोज ६ गते उनले हजुरआमा पर्ने ईश्वरमायाको ढुङ्गाले टाउकोमा प्रहार गरेर हत्या गरेकी थिइन् ।

मृतकका आफन्तले दिएको किटानी जाहेरीका आधारमा उनलाई गत असोज ७ गते पक्राउ गरिएको थियो । अभियुक्त रिमालाई जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्नामको एकल इजालसले मुलुकी ऐन ज्यान सम्बन्धी महलको दफा १३ को उपदफा (३) बमोजिम जन्मकैद फैसला सुनाएको हो ।