कोरोनाबाट एकैदिन अमेरिकामा १,०४८ जनाले ज्यान गुमाए ,
चैत २३ ,काठमान्डौ – कोरोना भाईरस कोभिड १९ को महामारीबाट अमेरिकामा पछिल्लो २४ घण्टामा १,०४८ जनाले ज्यान गुमाएको वर्ल्डोमिटरको पछिल्लो आँकडाले उल्लेख गरेको छ ।
यो संगै अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ४ सय ५२ पुगेको छ ।तेस्तै अमेरिकामा एकै दिन ३४ हजार १ सय ९६ जना संक्रमित पाइएका छन् ।
कोरोना संक्रमणका बिरामी अमेरिकामा ३ लाख ११ हजार ३ सय ५७ पुगिसकेको छ। जसमध्ये ८ हजार २ सय ६ जनाको स्थिती गम्भीर छ ।
अहिले सम्म अमेरिकामा १४ हजार ७ सय ४१ जना संक्रमित निको भएर घरसमेत फर्किसकेका छन् ।
तेस्तै पछिल्लो २४ घण्टामा फ्रान्समा १ हजार ५३ जनाले कोरोनाभाइरसको संक्रमणका कारण ज्यान गुमाइसकेका छन् । यहाँ हालसम्म मृतकको कूल संख्या ७ हजार ५ सय ६० पुगेको छ ।
एकैदिन ७ हजार ७ सय ८८ संक्रमित थपिएसँगै यहाँ कूल संक्रमितको संख्या ८९ हजार ९ सय ५३ पुगेको छ ।
संक्रमितमध्ये ६ हजार ८ सय ३८ गम्भीर स्थितीमा छन् । साथै, १५ हजार ४ सय ३८ जना निको भएर घरसमेत फर्किसकेका छन् ।

