कांग्रेसले बोलायो केन्द्रिय कार्यसमितिको बैठक ,
वैशाख १० ,काठमान्डौ – प्रमुख प्रतिपक्षि दल नेपालि कांग्रेसले केन्द्रिय कार्यसमितिको बैठक बोलाएको छ ।
१७ गते बुधबार दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाईएको कार्यालयका प्रमुख सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थितिका हुन भनिएको छ ।
सरकारले यही बैशाख ८ गते राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी दुई वटा अध्यादेश जारीगरेपछि त्यसको विरुद्धमा आन्दोलनको रणनीति बनाउन बैठक बोलाइएको बुझिएको छ ।
मंगलबार मात्र पदाधिकारी बैठक जारि गरेर सरकारको निर्णयको प्रतिवाद गरेको थियो । आज काँग्रेसका ११ केन्द्रीय सदस्यले शासन सञ्चालनको वैधता सरकारले गुमाइसकेको ठहर गर्दै आन्दोलनबारे ठोस निर्णय लिन अलिवम्ब केन्द्रीय समिति बैठक बोलाउन माग गरेको थिए ।
कोरोना संक्रमणको बेला सरकारले नागरिकको ख्याल नगरी औचित्यहीन दुई अध्यादेश ल्याएकोले त्सविरुद्ध प्रतिरोध आन्दोलन गर्नु पर्ने दिन आएको कांग्रेसले बताएको छ ।
सरकारले जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेशमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने र संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा प्रतिपक्षी दलको नेताविना संवैधानिक परिषद्को बैठक बसेर आवश्यक निर्णय गर्नसक्ने सम्बन्धी व्यवस्था गरिएको छ ।

