Gold
Bangad salyan

सुर्खेतमा राहतको नाममा एक पोका नुन मात्र वितरण ,

बैशाख १७ सुर्खेत – कर्णाली प्रदेश सुर्खेत पश्चिम् चौकुनेमा नागरिकले राहतको नाममा एक पोका नुन मात्र पाएका छन् ।

चौकुने गाँउपालिका वडा न १० अध्यक्ष शंकर कामी, नेकपा वडा कमिटी अध्यक्ष लाल सिङ बिक ,स्वयंसेवक निर्मल बिक, प्रेम बिक, सहित नेकपा गाउँ कमिटी सचिबालय सदस्य रतन चलाउने, धर्मे धमाला ,नेकपा जिक हरि खनाल, नेताहरु रमेश खनाल, महेन्द्र खनाल ,अमर टमटा ,गुमान बिक ,इन्जिनियर उपेन्द्र खनाल , प्राबिधिक हृदय खनाल, नेका सभापति चन्द्र खनाल ,वडा सचीव मीन बहादुर भन्डारी जम्मा भएर नागरिकलाई नुन मात्र वितरण गरेका छन् ।

लाज पचाउदै जनप्रतिनिधिले कोरोना भाइरस रोकथाम अभियान बारे भलाकुसारी र लकडाउन सफल बनाउन कसरत बढाउने र जनतालाई भोकै बस्न नपर्ने योजना अगाडी सारेका छन्।

बाँडीएको आयो नुन पनि कोरियामा रहेका १० जनाले सहयोग गरेको पाईएको छ ।

जनप्रतिनिधिले नुनको थैला अगाडि राखेर चौर भरि नुनको पोका बासेलाका छन् ।

राहतको नाममा नुन मात्र वितरण गरेपछि स्थानीय नागरिकले जनप्रतिनिधिको आलोचना गरेका छन् ।