रसियाका प्रधानमन्त्रीलाई कोभिड १९ भाइरसको संक्रमण,
वैशाख १९ काठमान्डौ – रसियाका प्रधानमन्त्री मिखाइल मिशुस्टिलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।
प्रधानमन्त्री मिखाइललाई बिहीबार गरेको परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।
रुसी सञ्चारमाध्यमका अनुसार उनले भिडियो कलमार्फत राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी गराएका छन् ।
पुटिनले उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मिसुस्टिनलाई भएको संक्रमण जो कोहीलाई पनि हुन सक्ने बताए ।
गत जनवरीमा मिसुस्टिनलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको थियो । प्रधानमन्त्री मिखाइल भने सेल्फ आइसोलेसनमा बसेका छन् ।
उनले कोरोना भाइरसको महामारी नियन्त्रणको लागि निकै सक्रियतापूर्वक काम गर्दै आएका थिए।
राष्ट्रपति पुटिनले पनि उनले महामारी नियन्त्रणको लागि गरेको कामको तारिफ गरेका छन् ।रसियामा बिहीबारसम्म १ हजार ७३ जनाको संक्रमणबाट मृत्यु भएको छ ।
बिहीबार मात्र रुसमा ७ हजार ९९ जना नयाँ संक्रमितहरु देखिएका थिए ।
बिबिसि ,

