भारतमा थप दुई साता लकडाउन लम्बियो ,
वैशाख १९ ,काठमान्डौ – भारतमा थप दुई साता लकडाउन थपिएको छ ।यो भन्दा अगाडी भारत सरकारले बैशाख २१ गते सम्म लकडाउन जारि राखेको थियो ।
उक्त लकडाउनलाई थप जेठ ४ गते सम्म जारि राखिने भारतीय संचारमाध्यामले जानकारी गरेका छन् ।
लकडाउनबारे निर्णय लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार उच्चस्तरीय बैठक बोलाएका थिए ।
हालसम्म भारतमा कोरोनाबाट ११४८ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ३५ हजार नाघेको छ ।
तेस्तै भारत सरकारले संक्रमणको अवस्था हेरेर लकडाउनलाई रेड, ग्रीन र ओरेन्ज जोनमा छुट्याउने भएको छ।
ग्रीन जोनमा परेका ठाउँमा लकडाउन केही खुकुलो बनाइने पनि भारत सरकारले जानकारी गरेको छ ।

