बन्यो कोरोनबाट मृतु हुनेहरुको लागि शव राख्ने सुरक्षित ब्याग ,

जेठ ११ ,काठमान्डौ – नेपालमा अहिले कोरोना महामारीको सबैलाई डर छ नहोस पनि कसरि जसले विश्व आक्रान्त छ।

विश्वमा हाल सम्म करिब ३ लाख ४३ हजार बढीको मृतु भईसकेको छ। नेपालमा पनि ३ जनाको कोरोनाबाट मृतु भईसक्को छ।

नेपालमा कोरोनाबाट मृतु भईसके पछि शव गाडीले लिन नमान्ने ,मानिस नजिक जान नमान्ने ,भईरहेको बेला राष्ट्रिय आविष्कार केन्द्रले कोरोना मृतकको शव राख्ने ब्याग डिजाईन निर्माण गरेको छ।

बैज्ञानिक र सुरक्षित तवरमा अस्पतालको बेड बाट मुर्दा जलाउने घाट सम्म पुर्याउनको लागि यो ब्याग निकै सुरक्षित हुने आविष्कार केन्द्रक वैज्ञानिक महावीर पुनले बताए।

तेस्तै उनले यो ब्याग अरुले पनि डिजाईन गर्नसकिने र मापदण्ड पुरा गरि निर्माण गर्ने ब्याक्तिलाई आफ्नो तर्फबाट रु १० हजार पुरस्कार घोषणा गरेका छन्।

उनले भनेका छन् ब्याग निर्माण गर्दा स्थानीय वस्तु प्रयोग हुनुपर्ने, पूर्ण रुपमा पानी र हावा नछिर्ने र सिल भएको हुनु पर्ने छ र नेपाली संस्कार सुहाउँदो हुनु पर्ने छ।

ब्याग निर्माण गरिसकेपछि आफ्नो ईमेलमा डिजाइन पठाउन पनि पुनले आग्रह गरेका छन्।

पुनले अगाडी भनेका छन् ,यो पुरस्कार घोषणालाई अन्यथा नलिईदिनु होला ,नेपालमा कोरोना संक्रमणबाट मृतु भएपछि अनेकौ तर्क र त्रास भईरहेको छन्।

जसलाई हामि चिरफार गर्नेछौ । शवको जनिक जाँदा रोग सर्छ भन्ने ठुलो भ्रम नेपालीहरुको दिमागमा सवार भएको देखियो परिवारनै डराएको देखिन्छ।

जुन निर्माण गरिएको ब्याग छ तेस्मा सजिलई कोरोना मृतकको शव राखेर मुर्दाघर घाट सम्म पुर्याउन सकिने पुनले बताए।

नेपालमा ठुलो भयावह नआउला भन्न सकिन जसको लागि आजैबाट यो तयारी रहेको पनि उनले जानकारी दिए।