Gold
Bangad salyan

आन्दोलन हैन आन्दोलनकारी संक्रमणको उच्च जोखिमप्रति गम्भीरको जरुरि छ ,

जेठ ३० ,काठमान्डौ – अहिले देशका विभिन्न शहरमा सरकारविरोधी आन्दोलन भईरहेको छ। अहिले नेपालमा दैनिक कोरोना संक्रमणका बिरामी बढ्ने गरेका छन्।

कोभिड १९ संकट व्यवस्थापन सञ्‍चालन केन्द्र (सीसीएमसी) निर्देशक समितिका तर्फबाट एक विज्ञप्ति जारी गर्दै यसका संयोजक उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले कोरोना संक्रमणको उच्च जोखिम रहेकोप्रति गम्भीर र संवेदनशील हुन आग्रह गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ विभिन्न माग राखेर सडकमा आन्दोलन हुने गरेको छ जसप्रति विधेश ध्यानाकर्षण भएको छ।

पोखरेलका अनुसार अहिले नेपालमा पिसिआरको अमत्र पनि दैनिक बढाईएको छ अहिले भारतबाट नेपालिहरु ह्वात्त बढेपछि क्वारेईनटाईनमा व्यवस्थापन हुननसकेको भने स्वीकार गरे।

सरकारले कोरोना संक्रमण नियन्त्रणमा १० अर्ब खर्च गरेको डाटा सार्वजानिक गरेपछि नागरिक आक्रोशमा आएर आन्दोलनमा उत्रीएका हुन्।

सरकारबाट समग्र फाँटवारी छिट्टै सार्वजनिक हुने पनि उपप्रधानमन्त्री पोखरेलले जानकारी दिएका छन् ।

समितिले लकडाउनलाई क्रमश: खुकुलो बनाउँदै जनजीवनलाई सहज अवस्थामा फर्काउने निर्णय भइसकेको अवस्थामा सामाजिक दुरीलाई कायम राख्नु र संक्रमण जोखिमलाई नियन्त्रण गर्न सहयोग गर्नु सबैको दायित्व भएको उल्लेख गरेको छ ।

सानो लापरबाहीले संक्रमणले भयावह महामारीको रुप लिन सक्ने खतराप्रति सजग हुन पोख्रेलले विज्ञप्तिमार्फत आह्वान गरिएको छ ।