कोरोना संक्रमण बढेपछि ट्रम्पले स्थगित गरे चुनावी सभा,

साउन ,९ वासिङटन- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस महामारीको त्रासका कारण बिहीबार गर्ने भनिएको चुनावी सभा स्थगित गरेका छन् ।

नोभेम्बरमा हुने राष्ट्रपति चुनावलाई लक्षित गर्दै राष्ट्रपति ट्रम्पले रिपब्लिकन पार्टीको चुनावी सभा गर्दै आएका छन् ।

तर फ्लोरिडामा पूर्वनियोजित सभा त्यस क्षेत्रमा कोरोनाभाइरसको संक्रमण तीव्र रुपमा फैलिएपछि स्थगित गरिएको हो ।

तेस्तै ट्रम्पले आउँदो महिनामा ज्याक्सनभिल्लेमा गर्ने भनिएको सभा पनि स्थगित गरेको जानकारी दिएका छन् ।

पहिले भने कोरोना भाईरसका बिरामी बढेपछि चुनाव स्थगित नहुने ट्रम्पले जानकारी गरेका थिए।

अहिले भने अमेरिकामा कोरोनाको संकट छ यो बेलामा भेला गर्नु उपयुक्त नहुने भन्दै ट्रम्पलेले सभा स्थगित गरेकोजान्कारी गरेका छन्।

अमेरिकामा डेढलाख जतिको कोरोना भाइरसबाट मृत्यु भईसकेको छ भेने ४० लाख बढी संक्रमित छन्।