कोरोनाबाट वीरगन्जमा थप एक जनाको मृत्यु ,

साउन २३ ,वीरगन्ज- कोरोनाबाट वीरगन्जमा थप एक जनाको मृत्यु भएको छ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैया निवासी ६५ वर्षीय पुरुषको गण्डकस्थित नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

विषेश कोरोना अस्थायी कोभिड अस्पताल गण्डकमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको र अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

बिहान मृत्यु भएपछि शुक्रबार साँझ पीसीआर रिपोर्ट पोजेटिभ आएको उनले सिंहले बताए।