Gold

पर्सामा स्वास्थ्यकर्मी सहित २२ जनामा कोरोना संक्रमणको पुस्टि,

Naumule Migrate

साउन २६ ,वीरगञ्ज – वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा २२ जनामा कोरोना पुष्टि भएको छ ।

सोमबार बिहान जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ४ जना नेपाल प्रहरीमा कोरोना संक्रमण फेला परेको नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्याले जानकारी दिएका हुन्।

तेस्तै उपध्याका अनुसार पोखरीया नगरपालिकाका २५ वर्षीय डाक्टरलाई पनि कोरोना पुस्टि भएको छ।

बारा जिल्ला घर भइ नारायणी अस्पतालमा मेडिकल वार्डमा कार्यरत २० वर्षीय महिला स्वास्थ्यकर्मी पनि संक्रमित भएकी छिन् ।

पर्साको विभिन्न स्थानबाट साउन २४ र २५ गते सम्मका स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा २२ जनामा कोरोना संक्रमणको पुस्टि भएको उपाध्याले जनाए।

संक्रमित हुनेहरुमा १६ जना पुरूष र ६ जना महिला रहेका छन् भने उनीहरु १८ वर्ष देखि ५० वर्ष सम्म रहेका छन् ।

Naumule Badhipahiro