Gold
Bangad salyan

सुर्खेतमा ९ गते सम्म निषेधाज्ञा लम्बियो ,

भदौ ४ ,सुर्खेत – कर्णाली प्रदेश विरेन्द्रनगर सुर्खेतमा लगाईएको निषेधाज्ञा थप चार दिन थपिएको छ।

समुदायस्तरमा कोरोना संक्रमण बढेपछि सुर्खेतमा भदौ १ गते देखि ५ गते सम्म निषेधाज्ञा जारी गरिएको थियो।

आज बसेको जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा थप ४ दिन थपेर ९ गते सम्म जारि राख्ने बताएको हो।

दैनिक जस्तो सुर्खेतमा कोरोना भाईरसका बिरामी फेला पर्दै गएका छन्। सुर्खेतमा अत्यावस्यक बाहेकका सबै सेवा बन्द छन् ,तेस्तै सुर्खेतको भेरी गङ्गा नगरपालिका ,गुर्भाकोट नगरपालिका लगायतका सबै बजार बन्द छन्।

कर्णाली प्रदेशमा आजपनि ३३ जना कोरोना संक्रमित फेला परेका छन् ,जसमा १४ जना संक्रमित सुर्खेतका मात्र रहेका छन्।