Gold
Bangad salyan

नवलपरासी पश्चिमको प्रतापपुर र पाल्हिनन्दनमा थप १७ जनामा कोरोना पुष्टि,

भदौ १३ ,नवलपरासी – नवलपरासी पश्चिममा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमका अनुसार पाल्हिनन्दन गाउँपालिकामा १३ जना र प्रतापपुर गाउँपालिकामा ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यो सँगै नवलपरासी पश्चिममा कोरोना भाइरस संक्रमितको संख्या २ सय २४ पुगेको छ । नवलपरासी पश्चिममा अहिलेसम्म कोरोना संक्रमणबाट १ जनाको मृत्यु भइसकेको छ ।

रविन्द्र यादव