Gold
Bangad salyan

वरिष्ठ लोक गायक प्रेमराजा महत दम्पति कोरोना मुक्त ,

भदौ १४ ,डिसि – वरिष्ठ लोक गायक प्रेमराजा महत र उनकी पत्नी कबिता महत कोरोना मुक्त भएका छन्।

गत अगस्ट ७ मा उनले आफु र आफ्नो श्रीमती कोरोना संक्रमण भएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका थिए।

उनीहरु आफ्नै घरमा छोरा डा. सरगम महतको निरीक्षण र निगरानीमा बसेका थिए । करिब २१ दिनमा कोरोनालाई जितेपछि महतले अगस्त २८ शुक्रबारको दिन कोरोनाबाट मुक्त भएको जानकारी फेसबुकमार्फत् नै दिएका छन् ।

विश्वभरी रहेका हजारौं हजार इष्टमित्रहरूको आशिर्वाद र माया प्रेमले हामीलाई यति हिम्मत दियो कि घातक संक्रमण गर्ने विश्व महामारीको मूलजड कोरोनालाई परास्त गर्ने सफलता मिल्यो महतले लेखेका छन्,।

महतले सबैको गहिरो मायाप्रेम, भगवान पशुपतिनाथ र ईष्टदेवी तनहुँ अवस्थित ढोर बाराहीमाईको कृपाका कारण आफूहरु कोरोनामुक्त भएको उल्लेख गरेका छन् ।

नेपाली लोक सॅंगीतका खम्बा प्रेमराज महत अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारका महावाणिज्यदूत रहेका छन्।

महतलाई नेपालीले लोकसंगीतको ओजस्वी मान्ने गरेका छन् ,उनका लोकप्रिय हजारौ चलचित्रका गित संगीतले नेपालीको मन जित्न सफल भएका छन्।