मन्त्रीमण्डल पुनर्गठनको तयारी ओली प्रचण्ड गृहकार्यमा ,
असोज ११ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
आजको भेटवार्तामा मन्त्रीमण्डल पुनर्गठनको तयारीको विषयमा छलफल हुने श्रोतले जनाएको छ। आज बिहानै ९ बजे अधय्क्ष प्रचण्ड ओली निवास वालुवाटारमा पुगेका छन्।
ओली र प्रचण्डबीचको छलफलले नयाँ मन्त्रीको टुङ्गो लगाएलगत्तै मन्त्रिपरिषद् पुनर्गठन गर्ने ओली प्रचण्डको गृहकार्य छ ।
मन्त्रिपरिषद पुनर्गठनमा नेताहरु भीम रावल, डा.बेदुराम भुषाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, यज्ञराज सुनुवार, जनार्दन शर्मा, हरिवोल गजुरेल, टोपबहादुर रायमाझी, पम्फा भुषाल, देवेन्द्र पौडेल, प्रभु साह, गणेश ठगुन्ना, प्रेम आले, तुलसा थापालगायतका नेताहरु मन्त्री बन्ने चर्चामा छन् ।
साथै उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल र सुवास नेम्वाग पनि मन्त्री बन्ने चर्चाको सूचीमा छन् । तर, गौतमको हकमा भने अदालतमा परेको मुद्दाको फैसलाका आधारमा मात्रै मन्त्री बन्न मिल्ने नमिल्ने निक्र्योल हुनेछ । गौतम विरुद्द परेको मुद्दा १४ गते छलफलको अद्लाताले दुवै पक्षलाइ बोलाएको छ।

