प्रधानमन्त्रीका प्रेश सल्हाकार सहित स्वकीय सचिवलाई कोरोना संक्रमण,
असोज १७ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका चार जनालाई कोरोना भाइरसको संक्रमण फेला परेको छ ।
राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि संक्रमण देखिएको छ ।
शुक्रबार कोरोना परीक्षणका लागि स्वाब दिएका उनीहरूको शनिबार रिपोर्ट आएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।
सचिवालयका हामी चार जनामा कोरोना पोजेटिभ आएको छ प्रधानमन्त्रीका प्रेश सल्हाकार सुर्य थापाले सामाजिक सञ्जालमा जानकारी दिएका छन्।यो पटक प्रधानमन्त्री ओलीको भने कोरोना परीक्षण गरिएको छैन ।

