Gold
Bangad salyan

पर्यटन मन्त्रीका ५ दिनमा दुई वटा कोरोनाका रिपोर्ट पहिले नेगेटिभ अहिले पोजेटिभ ,

असोज २४ ,काठमान्डौ – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गत सोमबार कोरोना टेस्टको लागि स्वाब दिएका थिए।

त्यो बेला परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको थियो।एक्कासी ज्वरो आएपछि उनले शनिबार परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजिटिभ आएको छ ।

भट्टराईले आफुलाई कोरोना पोजेटिभ भएको सामाजिक सञ्जालमा जानकारी गर्दै हालसम्म पनि हल्का ज्वोरो बाहेक अरु समस्या नदेखिएको बताएका छन् ।

केहि दिन यता मसँग संपर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परिक्षण गरी ढुक्क हुन उनले आग्रह गरेका छन् ।

मेरा कारणले कसैलाई पर्न जाने असुबिधाप्रति क्षमाप्राथी छु । होसियार रहनु र परिआएमा सामना गर्नु बाहेक के नै पो बिकल्प छ र भट्टराईले भनेका छन्।