Gold
Bangad salyan

सुर्खेतमा लोकसेवाको परिक्षाबाट ८ जना नक्कली परिक्षार्थि पक्राउ ,

मङ्सिर २५ ,सुर्खेत – सुर्खेतमा लोकसेवा प्राविधिक जवान सङ्गीततर्फ अर्काको परीक्षा दिदै गरेका ८ जना नक्कली परिक्षार्थि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतले अर्काको परिक्षा दिने गरेका आठ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भगवतीमाई गाउँपालिका–७ दैलेखका २३ वर्षीय तिलक विक छन् उनले सोहि गाँउपालेका निवासी कमल विकको नाममा परिक्षा दिईरहेका थिए।

तेस्तै गुराँस गाउँपालिका–२ दैलेख बस्ने रणबहादुर रावललको स्थानमा सोही ठाँउका १९ वर्षीय रामबहादुर कार्की रहेको प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए ।

भगवतीमाई गाउँपालिका,७ दैलेख बस्ने चक्रराज विकको स्थानमा परीक्षा दिने सोही ठाउँका २५ वर्षीय दीपेन्द्र विक, नारायण नगरपालिका–७ दैलेख चन्द्रबहादुर रानाको ठाउँमा परीक्षा दिने चामुण्डा बिन्द्रासैनी नगरपालिका–५ दैलेख २० वर्षीय रमेशप्रसाद न्यौपानेलाई पक्राउ गरिएको प्रहरी निरीक्षक शाहीले बताए ।

त्यसैगरी भेरी नगरपालिका,१० जाजरकोट बस्ने धनबहादुर डाँगीको नाममा परीक्षा दिने वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेका १९ वर्षीय याम पौडेल, पञ्चपुरी नगरपालिका–२ सुर्खेतका यज्ञ बिसीको नाममा परीक्षा दिने सोही ठाउँका १८ वर्षीय उत्तम बिसी, राजापुर नगरपालिका–१० बर्दियाका अर्जुन सुनारको नाममा परीक्षा दिने पञ्चपुरी नगरपालिका–१ सुर्खेतका २० वर्षीय रुद्रप्रसाद शर्मालाई पक्राउ परेका हुन् ।

नक्कली प्रशिक्षार्थी मिलाइदिने पञ्चपुरी नगरपालिका,२ सुर्खेतका २१ वर्षीय दीपक कँडेललाई पनि प्रहरीले पक्राउ गरेको छ । मङ्सिर २० गतेदेखि सुर्खेतमा प्राविधिक प्रहरी जवान सङ्गीततर्फको परिक्षा सञ्चालन भएको भईरहेको छ। यो भन्दा पहिलेपानी सोहि परिक्षामा ३ जना नक्कली परिक्षार्थि पक्राउ भईसकेको प्रहरीले बताएको छ।