Gold
Bangad salyan

मुनाल शिशिरको निर्देशनमा”निष्ठुरी”सार्वजनिक

काठमाडौं – नेपालि गित संगीतको दुनियामा आफ्नो छुट्टै पहिचान बनाईसकेका लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा होम थापाको शब्द सृजना तथा दिपक राज बिश्वकर्माको संगीत तथा पुस्कर सुनारको संगीत संयोजन रहेको आधुनिक गित ।।निष्ठुरी।।सार्वजनिक भएको छ । मुनाल शिशिरको निर्देशनमा तयार भएको म्युजिक भिडियो दिपक गिरीले छायांकन गरेका छन् भने टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

म्युजिक भिडियोमा पछिल्लो युवा पुस्ताका लोकप्रिय मोडल दिनेश कठायतको अभिनय रहेको छ । दिनेश कठायतको अभिनयमा दिन प्रतिदिन बजारमा म्युजिक भिडियो आईरहेका छन् र केहि म्युजिक भिडियो आउने तयारीमा रहेका छन् । यो म्युजिक भिडियोमा बिपना पराजुली र रोशन विश्वकर्माको अभिनय रहेको छ । हेर्नुस् भिडियो।।