निरङ्कुश दलाल केपी ओली सरकारका कारण उखु किसानको मृत्यु ,
पुष १५ ,काठमान्डौ – सर्लाहीबाट काठमान्डौ आएर आफ्नो बक्यौता रकमको लागि आवाज उठाउदा एक जना उखु किसानको मृत्यु भएको छ।सर्लाहीको धनकौल गाँउपालिका छोटौलका नारायण राय यादव भागतजीको निधन भएको हो।
हिजो मंगलबार बिहान ब्रेन ह्याम्ब्रेजका कारण उपचारको क्रममा गंगालाल अस्पतालमा उनको मृत्यु भएको हो। आफ्नो उखुको बक्यौता रकम माग्दै सर्लाही र नवलपरासीबाट किसानले गत २१ दिनबाट काठमान्डौको माईतिघर मण्डलामा आन्दोलन गरिरहेका थिए।
सरकारले किसानप्रति कुनैपनि चासो नदेखाउने र आवाज नसुन्दा उनीहरु रातभर र बिहानको चिसो सडकपेटीमा सुत्न बाध्य थिए। चिसो संगै बैकको ऋण कसरि तिर्ने भन्ने दिनरात चारवर्ष सम्म सोच्दा सोच्दा २५ सय किसान डिप्रेसनसम्ममा पुगेका छन्।
उक्ता कारणलेपनि ति किसानको मृत्यु भएको आन्दोलनरत एक किसानले रंग दर्पणलाई बताए। गत वर्षको पुष महिनामापनि किसानले आफ्नो उखुको रकम उपलब्ध गरईदिना भन्दै काठमान्डौमा आन्दोलन गरेका थिए।
गत वर्षको पुष १८ गते किसानलाई रकम उपलब्ध गराउने र चिनीमिललाई कारबाही गरिने सम्झौता पछि उनीहरुले आन्दोलन गरेका थिए। यो वर्षपनि सरकारले पून: २१ दिनभित्रमा बक्यौता रकम उपलब्ध गराउने वाचा गरेपछि किसानले आन्दोलन स्थगित गरेका छन्। सरकारले आफुहरुलाई पैसा उपलब्ध गराउछ भन्नेमा आफुहरुलाई थोरैपनि विश्वास नलागेको उखु किसानहरु मलिलो अनुहार लगेर घर फर्केका छन्।
यो पनि,

