Gold
Bangad salyan

सरकारी गाडी घाँस बोक्ने र तरुनी बोक्ने गरेको पाईएपछि जाजरकोटमा आगजनी ,,

पुष १७ ,काठमान्डौ – कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति गणेशप्रसाद सिंह चढ्दै आएको गाडीमा आगजनी भएको छ। प्रदेश सभा सांसद सिंह जाजरकोटबाट निर्वाचित हुन् ,कर्णाली प्रदेश ०२ ००१ झ ००४० नम्बरको उक्त गाडीमा भेरी नगरपालिका ७ पुनमा गएराति अन्दाजी १० बजे अज्ञात समुहले आगजनी गरेको पाईएको हो।

गाडी आजगनीबाट पूर्ण रुपले क्षति भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । गाडी किन जाजरकोटमा गएको थियो भन्ने भने खुलेको छैन ,उक्त नब्मरको गाडी केहि महिना अगाडीमात्र घाँस बोक्नमा प्रयोग भएको थियो ,तेस्तै सो गाडी कहिले होटेलमा तरुनी बोक्ने कार्यमा समेत प्रयोग भएको पाईएपछि विवादमा तानीएको थियो।