रुकुम पश्चिममा ओली समूहले लगाएको ताला प्रचण्ड – माधव समूहले फोर्यो ,भयो हुल्दंगा ,
फागुन ९ ,रुकुमपश्चिम – रुकुम पश्चिमको जिल्ला पार्टी कार्यालयमा नेकपा ओली समूहले लगाएको ताला प्रचण्ड- माधव समूहले खोलेको छ । दुवै पार्टीले शनिबार पार्टी कार्यालयमा पुगेर आ आफ्नो भन्दै दाबी गरेका थिए , केहि छिनको विवादपछि साँझा ओली समूहले आफुहरुको भएको दाबि गर्दै ताला लगाएको थियो।
आज बिहानै प्रचण्ड – माधव समूहले ताला फोरेर कार्यालय संचालान्मा ल्याएको जिल्ला संयोजक गोपाल शर्मा अनलले बताए । राति तलामाथि ताला लगाईएको रहे छ ,बिहानै साथीहरुले ताला खोलेर कार्यालय संचालनमा ल्याईसक्नु भएको छ ,उनले भने।
ओली समूहले भने रुकुम पश्चिमको बागबजारस्थित मदन आश्रति स्मृति भवनमा जिल्ला कमिटी बैठक बसिरहेका बेला हुलदंगा गरिएकाले ताला लगाएको बक्तव्यमार्फत जानकारी दिएको छ । ओली समूहले ताला लगाएपछि प्रशासनलाई सुरक्षा व्यवस्था गरिदिन भन्दै निवेदन पनि दिएको थियो ।
कार्यालयको चलअचल सम्पत्ति सुरक्षाको मागसहित ओली समूहका संयोजक टंकप्रसाद वलीले निवेदन दिएका छन् । अर्का समूहका संयोजक अनलका अनुसार भने पहिलनै महिला संगठनको कार्यक्रम तय भएको थियो। साथीहरुले पनि त्यहाँ अर्को कार्यक्रम गर्न खोज्नुभएको थियो ,तर, भइरहेको कार्यक्रम छोड्ने कुरा भएन’,तेसैमा हुल्दंगा भएको हो ।
पश्चिम रुकुममा विभाजन अगाडिका संयोजक र सहसंयोजक नै प्रचण्ड-माधव समूहमा लागेका छन् । पूर्वएमालेका जिल्ला अध्यक्ष विमल पुन पनि समुहमा लागेका छन् ,रुकुम पश्चिममा ओली समूह अल्पमतमा छ।