भाईरल गायिका मेनुका परियारको पिरती छ धेरै बजारमा सार्वजानिक ,दर्शकको मन बटुल्न सफल ,

फागुन १० ,काठमान्डौ – बहुचर्चित कलाकार शब्द संगीतकार लोक तथा दोहोरि प्रतिस्ठानका अध्यक्ष रमेश बिजीको शब्द तथा प्रदिप अधिकारिको संगीत रहेको गित पिरती छ धेरै बजारमा सार्वजनिक भएसंगै दर्शकको मन जित्न सफल भएको छ।

गीतमा सिदार्थ आले मगर ,संजय पुलामी ,मेनुका परियारको स्वर रहेको छ। लामो समयबाट गित संगीतमा अब्बल निर्देशक दिपेन्द्र तिमिल्सेनाले निर्देशन गरेको पिरती छ धेरैलाई नवराज उप्रेतीले सिनेमाट्रोग्राफी गरेका हुन्।

मनोज कार्कीको सम्पादनमा ,बिना बिश्वकर्मा ,गरिमा शर्मा ,विमल अधिकारि ,जिबेश सिंह गुरुङको दमदार अभिनय देख्न सकिन्छ । पछिल्लो समय मासको मस्यौरी ,मेरी मोयालाई लगायतका हिट गितको अपार सफलतापछि संगीतकार प्रदिप अधिकारिले पिरती छ धेरैलाई दर्शकसामु पस्केका हुन्।

गित सार्वजनिक भए लगतैद र्शकको अत्यधिक माया पाएको देख्न सकिन्छ। गितको अडियो भिडियो, अत्यन्तै मार्मिक र दर्शकलाई छम -छम नचाउन मिल्ने बनेको छ ,दर्शकलाई मिठा -मिठा गित कोसेली पस्किने क्रममा लगतै प्रदिपले अर्को गित पनि ल्याउन लागेको रंग दर्पणलाई बताए।

यस्तो बन्यो भिडियो ,