गोरखाको बारपाक सुलिकोटमा एकै घरका तिन जना मृत अवस्थामा फेला ,
फागुन १० ,गोरखा – गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१बारपाकमा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् । मृत भेटिनेमा ८४ वर्षीय डिलबहादुर गुरुङ, २१ वर्षीया आइतकुमार गुरुङ र १३ वर्षीया उषा गुरुङ छन् ।
गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङका अनुसार तीन जना मृत फेला परेको पुष्टि गरेका हुन् । के कारणले मृत्यु भयो भन्ने भने पोस्टमापनको रिपोर्ट आएपछि पत्ता लाग्ने गुरुङले बताए।
मृतकको मुखबाट फिँज आइरहेको पाइएको एसपी गुरुङले जानकारी दिए । सोमबार अबेरसम्म पनि कोही नउठेपछि स्थानीय डिलबहादुरको घरमा पुगेर हेर्दा मृत भेटिएको प्रहरीले जनाएको छ । स्थानीयले प्रहरीलाई खबर गरेपछि बारपाक प्रहरी चौकी घटनास्थलमा पुगेको थियो ।

