जेष्ठ नागरिकलाई खोप दिने बिषयमा खोप समन्वय समिति पदाधिकारी र संचारकर्मी बिच अन्तरक्रिया,
फागुन २० ,नवलपरासीपश्चिम – नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नम्बर १ देखि ९ सम्मका लक्षित वर्गलाई फागुन २३ गते देखि काेभिड विरुद्धको खाेप लगाउने बिषयमा खोप समन्वय समितिका पदाधिकारीहरुसंगको अभिमुखिकरण तथा संचारकर्मीहरुबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार गाउँपालिकाकाे पालिका स्तरीय खाेप समन्वय समितिका पदाधिकारीहरुलाई काेभिड विरुद्धको खाेप सम्बन्धि अभिमुखिकरण तथा संचारकर्मी बिच अन्तरक्रिया कार्यक्रममा फागुन २३ गतेदेखि खाेप लाग्ने जानकारी गराइएको हाे।प्रतापपुर स्वास्थ्यशाखाको अायाेजनामा काेभिड विरुद्धको खाेप सचेतना कार्यक्रम गाउँपालिका कार्यवाहक अध्यक्ष अंजु चाैधरीकाे अध्यक्षतामा भएको हो ।
काेराेना भाइरस तथा राेग लाग्ने दर र मृत्यु दर घटाउने उद्देश्य साथ काेभिड १९ विरुद्ध खाेपबाट राेगकाे राेकथाम , खाेप लगाउदा ध्यान दिनुपर्ने कुराहरु , देखिने समान्य लक्षण ,बच्ने उपाय, खाेप अभियान सन्चालन रणनीति, प्रचारप्रसार, खोप केन्द्र व्यवस्थापन तथा स्वमसेवक सेविका परिचालन विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको हाे।फागुन २३ गते देखि गाउँपालिकाको वडा १ देखि ९ सम्मका ५५ बर्ष माथि चरणकाे खाेप अभियानमा प्राथमिकता दिइने स्वास्थ्यशाखा प्रमुख ऋषिदेव चौधरीले जानकारी दिए ।
प्रतापपुर गाउपालिका भित्रका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि लगायतका पहिलो र दोस्रो चरणमा तीन सय सैतिस जनाले खोप लिइ सकेको समेत जानकारी गराइएको थियोे भने तेस्रो चरणमा जेष्ठ नागरिक , जनप्रतिनिधि , सवारी चालक गरि करिब सात हजार भन्दा बढिले खोप लिने लक्ष्य लिएको गाँउपालिकाको स्वास्थ्य शाखाले जनाएको छ त्यसैगरी स्वास्थ्य शाखाको प्रमुखलाई खोप बिषयमा जानकारी दिने प्रवक्ताको रुपमा चयन गरिएको छ ।अन्तरक्रिया कार्यक्रममा गाउँपालिका कार्यवाहक अध्यक्ष अंजु चौधरी, वडा अध्यक्ष, स्वास्थ्यकर्मी,सन्चारकर्मी लगाएतकाे सभागीता रहेको थियाे ।
रविन्द्र यादव ,

