Gold
Bangad salyan

विप्लवका कार्यकर्तालाई छाड्न गृहमन्त्रालयको निर्देशन ,

फागुन २० ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) नेत्रविक्रम चन्द विप्लव समूहका हिरासतमा रहेका कार्यकर्तालाई छोड्न गृहमन्त्रालयले सर्कुलर जारि गरेको छ।

सरकार र विप्लव समूहबीच तिन बुंदे सहमति भएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो । मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्‍याएर छाड्न र अन्य मुद्दाको हकमा जिल्ला सरकारी वकिलसँग समन्वय गर्न निर्देशन दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाक अनुसार प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्‍याएर छाड्न आजै निर्देशन भइसकेको छ, अन्यको हकमा सहजीकरण हुने बताईएको हो ।

तेस्तै विप्लव समूहका तेस्रो वरियताका नेता धमेन्द्र बास्तोलालाई शुक्रबार काभ्रेको हिरासतबाट रिहा गर्ने तयारी भईरहेको छ ।यस्तै विप्लवका दाइ चन्द्रबहादुर चन्दलाई वीरजंगबाट रिहा गरिने चितवनका एसपी ओम अधिकारीले बताए।

सरकारले २०७५ फागुन २७ देखि विप्लव समूहलाई प्रतिबन्ध लागेयता समूहका २०९८ जना नेता कार्यकर्ता पक्राउ परेका थिए । तीमध्ये १२६ जना पुर्पक्षका लागि थुनामा छन् भने १८ जना अझै हिरासतमै छन् ।