Gold
Bangad salyan

कर्णाली प्रदेशसभा सदस्य रेग्मीलाई कारबाहीको सिफारिस,

चैत १० ,काठमान्डौ – कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मीलाई कारबाहीको लागि सिफारिस गरिएको छ । नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेशसभा संसदीय दलले सांसद् रेग्मीलाई कारबाही गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको जनाईएको हो ।

रेग्मी दैलेख निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित माओवादी केन्द्रका निर्वाचित सांसद हुन् । सर्वोच्च अदालतले माओवादी केन्द्र र एमाले ब्युँताइदिएपछि शुक्रबार बसेको प्रदेश संसदीय दलको बैठकमा उपस्थित नभएपछि कारबाहीको सिफारिस गरिएको संसदीय दलका प्रमुख सचेतक सीता नेपालीले बताईन।

माओवादी केन्द्रबाट निर्वाचित सांसद रेग्मी पछिल्लो समय एमालेतिर साठ गाँठ गरिरहेका छन्। रेग्मी एमालेको (ओलीपक्ष) को केन्द्रीय सदस्य तथा प्रदेश सचिवमा मनोनित भएका थिए । एमाले र माओवादी केन्द्र ब्युँतिएपनि सांसद पद गएपनि रेग्मीले आफु कुनै पनि हालतमा एमाले नछोड्ने अभिव्यक्ति दिँदै आएका छन् ।

रेग्मी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव तयार गर्ने प्रधानमन्त्री केपी ओली पक्षका सांसद यामलाल कँडेल निकट बनेका थिए ।