मेलम्चीको पानि काठमान्डौमा वितरण सुरु ,
चैत १५ ,काठमान्डौ – बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आइतबार दिउँसोबाट काठमान्डौबासीको धारामा खसेको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले मेलम्चीको खानेपानी विभिन्न ठाउँका ट्यांकीहरु भर्दै पानी वितरण गर्ने काम आइतबारदेखि सुरु गरेको हो ।
उपत्यकामा आइतबारदेखि पहिलो दिन ४ करोड लिटर पानी वितरण गरिने केयूकेएलले जनाएको छ ।दिउँसो महांकालमा वितरण गरिएको मेलम्चीको पानी साँझसम्म मिनभवन, बालाजु, महाराजगञ्जबाट पानी वितरण गरिने काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेल)का प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए। ‘
अहिले ट्यांकी भर्ने काम भइरहेको र साँझसम्म ती क्षेत्रमा पनि मेलम्चीको पानी जाने उनले बताए । अहिले अनामनगरमा मात्र ५ सय घरमा नँया पाईपबाट पानि दिने काम गरिएको छ। यो पाइलट प्रोजेक्ट भएकाले नयाँ पाइपलाइनबाट पानीको परीक्षण गरिएको हो ,अन्य स्थानमा पूरानै पाइप प्रणालीबाट पानी वितरण गरिएको छ।
राष्ट्रिय गौरवको यस आयोजनाले काठमाण्डाै उपत्यकामा लामो समयदेखि रहेको खानेपानीको अभाव हट्ने अपेक्षा गरिएको छ ।

