Gold
Bangad salyan

दुई वर्ष देखि ब्रेन ट्युमरबाट ग्रसित बल बहादुरको सफल अप्रेसन ,

चैत १७ ,काठमान्डौ – रुकुम पश्चिमका बल बहादुर बिकको ब्रेन ट्युमरको काठमान्डौमा सफल अप्रेसन भएको छ। चौरजाहारी नगरपालिका वडा नम्बर ३ अमाचौरका २० वर्षीय विकको आर्थिक समस्याका कारण विगत दुई वर्षदेखि ब्रेन ट्युमरको उपचार हुन सकेको थिएन।

पुर्व गृहमन्त्री माओवादीका स्थायी कमिटि सदस्य र चौहराजारी नगरपालिकाका प्रमुख विशाल शर्माको पहलपछि बल बाहदुर विकको हिजोमात्र काठमान्डौ वीर हस्पिटलमा सफल उपचार भएको हो। विकको उपचारमा चौरजाहारी नगरपालिकाले रु १ लाख ५० हजार सहयोग गरेको छ।

तेस्तै ,जनार्दन शर्माले ५० हजार चौरजाहारी नगरपालिका वडा अध्यक्ष लाल बहादुर बुडाथोकिले रु ५ हजार नगरपालिकाका सुख्खा खानेपानीका अध्यक्ष तेज बहादुर बटलाले रु पाँच हजार र सोही चौरजाहारी नगरपालिका वडा नम्बर ३ अमाचौर टोल बाट रु ५ हजार पाँच सय र स्वास्थ्य बिमा मार्फत रु एक लाख पचास हजार जम्मा गरि ब्रेन ट्युमरको अप्रेसन गरिएको हो।