कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने ,
चैत १८ ,काठमान्डौ – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अबको ३० दिनभित्रमा विश्वको मत लिनुपर्ने भएको छ। नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अब उहाँले विश्वासको मत लिनुपर्ने भएको हो ।
प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री शाहीलाई पत्र पठाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएकोबारे ध्यानाकर्षण गराउनुभएको छ ।संविधानको धारा १८८ को उपधारा २ अनुसार सरकारमा रहेको दल विभाजन भए वा समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा त्यसको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभामा प्रस्ताव गर्नुपर्ने उल्लेख रहेको छ ।
प्रदेश सभामा कायम रहेका सदस्यको बहुमत पुर्याए मात्रै फेरि सरकारको नेतृत्वमा रहन पाउने कानुनी प्रावधान रहेको छ । कर्णाली सरकार बनाउनमा २१ जना सांसद आवस्यक हुन्छ ,नेकपा एमालेका २० सांसद माओवदिका १३ सांसद कांग्रेसका ६ र राप्रपाका १ सांसद रहेका छन् ।
एमालेलाई सरकार बनाउन एक सांसद आवस्यक रहेपनि केपी ओलीको प्रतिगमनका कारण एमाले तिन चिरामा रहेको छ। माओवादीलाई माधव नेपाल समूहले समर्थन गर्दा सजिलै सरकार बन्न सक्छ। नेपाल समूहले अहिले सम्म केन्द्र हुँदै प्रदेशसम्म प्रचण्डपक्षलाई साथ् दिदै आईरहेको छ।
नेपालि कांग्रेसले साथमा लिदापनि एमाले माओवादी कुनैपनि पार्टीको सरकार बन्न सक्दैन तेसैले कर्णाली प्रदेश सरकार अलमलमा देखिएको छ।