Gold
Bangad salyan

गुर्भाकोट नगरपालिका ८ को जंगलमा भिषण आगलागी ,

चैत २१ ,सुर्खेत – सुर्खेत गुर्भाकोट नगरपालिका ८ को जंगलमा भिषण आगलागी भएको छ। आगलागी नियन्त्रण भन्दा बाहिर भएकोले गाँउमा आगलागी हुनसक्ने स्थानीयबासि बताउछन।

स्थानीयले आगो हटाउने प्रयासमा गएपनि असफल भएको र आगलागीबाट थप कुनै घटना नहोस भन्नको लागि सम्बन्धित निकाएले ध्यानदिनुपर्ने स्थानीय तेंजित कुमार करेलले बताए ।

गुर्भाकोट नगरपालिका ८ मा अधिकांस खरले छानो लगाईएका घरहरु निर्माण हुने गरेका छन्। तेंजित कुमारका अनुसार अहिले पनि आगो जंगलभरि लागिरहेको । आगो गाँउमा पस्न सक्ने भन्दै हामिहरु जागाराम छौ तर आगो नियन्त्रणमा आउने कुनै आशा छैन ,उनले भने।

तेस्तै यो वर्ष अधिकांस जिल्लाका जंगलमा आगलागी भएको छ ,केहि दिन अगाडिमात्र सुर्खेतको सिम्ता गाँउपालिकाको जंगलमा लागेको आगलागी नियन्त्रन गर्ने क्रममा स्थानीय एक महिलाको मृत्यु भएको थियो।
यो पनि ,

तेस्तै बाँकेको नरैनापुर गाउँपालिकामा नरैनापुर ४, खोदवा गाउँमा आगलागी हुँदा ५० वटा भन्दा बढी घर जलेका छन् । आगलागीबाट केहि मानिससमेत घाईते भएका छन्। आगलागिबाट गाँउका आधाभन्दा बढी घरमा क्षति पुगेको छ विवरण आउँ बाँकी रहेको रैनापुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत महेन्दजंग शाहीले बताए।

आगलागी हुने बित्तिकै नरैनापुरको एउटा र नेपालगन्जका दुई वटा दमकल पुगेका छ नरैनापुर ६ मा गत मंगलबारपनि आगलागी हुँदा घर जलेर नष्ट भएका थिए ।