Gold
Bangad salyan

सुर्खेत सिम्तामा आगलागीबाट घाइते चन्द्रा सिंहको पनि उपचारको क्रममा निधन ,

चैत २४ सुर्खेत – कर्णाली प्रदेश सुर्खेतको सिम्ता गाँउपालिका २ निवासी चन्द्रा सिंहको उपचारको क्रममा काठमाडौको कृतिपुर अस्पतालमा निधन भएको छ ।

सुर्खेत सिम्ता गाउँपालिका प्रगतिशील सामुदायिक वन काफलकोटमा आगलागि हुँदा आगो निभाउने क्रम्मा गत १४ गते उनलाई उपचारको लागि काठमान्डौ ल्याईएको थियो ।

उपचारको क्रममा आज ६ बजे उन्को मृत्युु भएको अस्पताल श्रोतले जनाएको हो । ४० बर्शिय चन्द्राका ३ छोरी र १ छोरा छन ।आगलागीबाट घाईते अर्कि नैनसार खत्रीको उपचारको क्रममा गत १४ गते नेपालगन्ज भेरी अस्पतालमा मृत्यु भैसकेको छ ।

करिब २०६१ सालतिरबाट पहिलोपटक सामुदायिक वनमा ठूलो आग्लागी भएको प्रगतिशील सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष महेन्द्र कुमार चंदले रंग दर्पनलाई बताए ।

गत १३ गते वनमा आगलागि भएको थियो हामी करिब ३० जनाजति पुगेर आगो निभाएका थिऔ।पछि फेरि आगो वनमा लागेको देखेपछि चंद्रा र नैनसार मात्र आगो निभाउन पुगेका रहेछन ।

चारैतिरबाट आगोले घेरेपछि दुवैजना रुखमा चडेका रहेछन ।आगो रुखमा लाग्दा उनिहरुको कम्मर देखि तलको भाग पुरै जलेको थियो माथिको भागहरु हल्का हल्का बाकी थियो स्थानीय जंग बहादुर चंदले बताए ।

रुखबाट भुईमा खसे छन पोलिस्टरका कप्डा भएको हुँदा पुरै शरिरिभरी चिप्कीएको थियो चन्द्रालाई उपचारको क्रममा सिम्ताबाट काठमान्डौ सम्म ल्याउने र उन्को शव घरमा लैजाने सम्म सहयोग गर्ने स्थानिय साहसी तुल्सी बुढाले भनिन ।

आगोले चारैतिरबाट घेरेपनि भाग्ने ठाउँ धेरै छ ,तेस्तो थुलो भिर लड्ने खाल्को पनि छैन दुवै जना रुखमा चड्न पुगेछन उनिहरुलाई यसरीनै मर्नु भन्ने लेखेको रहेछ रुदै तुल्सीले भनिन ।

आज चन्द्रा सिंहको काठमान्डौको शिक्षण अस्पतालमामा पोस्टमापन गरि एम्बुलेन्स मार्फत शव सुर्खेतको सिम्ता लगिएको छ ।

आगलागीबाट मृत्यु भएका दुवैप्रती मासिंह ठकुरी ,कमला कुमारी सिंह लगायत अस्पतालमा भेट्न पुगेका आफन्तले दु:ख ब्यक्त गरेका छन ।यो वर्ष चैतको महिनामै गएको पाँचवर्ष यता अत्यधिक आगलागी भएको वन विभागले जनाएको हो।