बेलायती महारानी एलिजाबेथका श्रीमानको निधन,

 

चैत २७ ,काठमान्डौ – बेलायतकी रानी एलिजाबेथ द्वितीयाका पति राजकुमार फिलिपकाे निधन भएको छ। बकिङ्घम राजदरबारले राजकुमार फिलिपकाे ९९ वर्षमा निधन भएको घाेषणा गरेकाे हाे ।

बेलायतको राजदरबारले शुक्रबार विज्ञप्तिमार्फत भनेको छ ,महारानीले गहिरो दुखका साथ आफ्ना प्रिय पतिको निधनको घोषणा गर्नुभएको छ’ ।

राजकुमार फिलिप र राजकुमारी एलिजाबेथ सन् १९४७ मा विवाह भएकाे थियाे । त्यसकाे पाँच वर्षपछि राजकुमारी एलिजाबेथ रानी बनेकी थिइन् । बेलायतका प्रधानमन्त्री बाेरिस जाेनसनले राजकुमार फिलिपले कैयाैँ युवाकाे जीवनमा प्रेरणा दिएकाे बताएका छन् ।