कर्णालीका नवनियुक्त मन्त्रीले लिए सपथ,
बैशाख ५ ,सुर्खेत – कर्णाली प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। शनिबार नियुक्त भएका तीन जना मन्त्रीहरु नन्दसिंह बुढा, अमर बहादुर थापा र कुर्मराज शाहीले आइतबार प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीबाट पद तथा गोपनीयताको सपथ लिएका हुन्।
शुक्रबार विश्वासको मत लिएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफूलाई विश्वासको मत दिलाउन ‘फ्लोर क्रस’ गरेका चारजना एमाले माधव नेपाल समूहका सांसदमध्ये तीनजनालाई मन्त्री बनाएका हुन्।
कलौनीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री कुर्मराज शाही, भौतिक पूर्वाधार विकास मन्त्री अम्मरबहादुर थापा र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री नन्दसिंह बुढालाई शपथ गराएका हुन् ।
यस्तै प्रकाश ज्वालाले पनि शाहीको पक्षमा मत दिएको भए पनि उनी भने मन्त्री बनेका छैनन् । उनीहरुलाई एमालेले भने पार्टीबाट निष्कासन गरिसकेको छ।

